दाङ, ५ पुस ।
दाङमा स्कार्पियोको ठक्करबाट एक जना गम्भिर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बिहीबार साँझ घोराही तुलसीपुर सडक खण्ड अन्तर्गत गुर्जेखोला नजिक ग ३ च ७५३५ नम्बरको स्कारपियोले रा ८ प १६९ नम्बरको बाइकलाई ठक्कर दिदा बाइक चालक गम्भीर घाइते भएका हुन् ।
बाइक चालकको पहिचान खुल्न सकेको छैन । घाइते बाइक चालकलाई घोराहीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको छ । बाइक नम्बर चिन्नु हुने जो कोहि आफन्त वा साथीभाइले तुरुन्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार

