२०८३ बैशाख ३० गते बुधवार

तुलसीपुर मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते एक जनाको मृत्यु



फाइल तस्बिर

दाङ, ८ पुस ।तुलसीपुरमा मोटरसाइकल दुर्घटना हुँदा घाइते एक जनाकाे मृत्यु भएकाे छ ।

राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-अमिलिया सडकखण्डको तुलसीपुर-१२ टरिगाउँ एयरपोर्ट नजिक आइतबार दिउँसो भएकाे दुर्घटनामा गम्भीर घाइते  रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर २ का ३१ वर्षिय दिल प्रसाद खत्रीकाे मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । खत्रीको गयराती १० बजे उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज बाँकेमा मृत्यु भएको हो।

 तुलसीपुरबाट जसपुरतर्फ जाँदै गरेको रा ३ प ६४९३ नम्बरको मोटरसाइकल हिजाे (आइतबार) दिउँसो करिब ४ बजेतिर आफै अनियन्त्रित भइ दुर्घटनामा परेको थियाे ।

 दुर्घटनामा अर्का गम्भीर घाइते तुलसीपुर-११ का ३१ वर्षिय पंकज खत्रीकाे नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८१ पुष ८ गते सोमवार