२०८३ बैशाख ३० गते बुधवार

तुलसीपुरमा ट्रकको ठक्करबाट पैदल यात्री घाइते



तुलसीपुर, १८ पुस ।
दाङको तुलसीपुरमा ट्रकको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् । घाइते हुनेमा तुलसीपुर-५ बस्ने बर्ष ७० को टेक बहादुर गिरी रहेको प्रहरीले जनाएको छ ।

घाइते गिरीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो । घाइते गिरीको बाया हात,बाया खुट्टा,मुखमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

आज बिहान पौने १० बजेतिर तुलसीपुर-५ बिपि चोक स्थित बिरेन्द्रचोकबाट बसपार्क तर्फ जाँदै गरेको लु १ ख ६८९३ नंम्बरको ट्रकले पैदल यात्री लाई ठक्कर दिइएको प्रहरीले जनाएको छ । ट्रक चालक घोराही उपमहानगरपालिका –१४ बस्ने ४५ वर्षका प्रेम बहादुर सुनारलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ॥

प्रकाशित मिति : २०८१ पुष १८ गते बिहिवार