रुकुमकोट,२५ पुस ।
मध्यपहाडी राजमार्ग अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ५ धारापानीमा जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।
पोखराबाट रुकुमपूर्वको सदरमुकाम रुकुमकोट जाँदै गरेको ग १ ज ७१०८ नम्बरको जिप आज(विहीबार) बिहान साढे तीन बजे दुर्घटना भएको हो ।
दुर्घटनामा रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका ५ का २२ वर्षीय प्रेम कामी, सोही स्थानका जिप चालक २१ वर्षीय जुतेस शेर्पाली, बारा घर भएका १८ वर्षीय सर्पराज देवा र बाराकै १८ वर्षीय चन्द कुमार देवा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका प्रहरी नायव उपरीक्षक माधव खरेलले जानकारी दिनुभयो। जिपको टायर फुस्केपछि दुर्घटना भएको बताइएको छ ।
प्रकाशित मिति : २०८१ पुष २५ गते बिहिवार

