
दाङ,२९ पुस ।
लुम्बिनी प्रदेश सरकारले माघी पर्वको अवसरमा माघ २ गते बुधवार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
यस अघिको सरकारले २०८० चैत २० गते गरेको मन्त्रिपरिसद निर्णय अनुसार माघ २ गते माघे संक्रान्तिको अवसरमा बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
प्रदेशको निर्णयसँगै लुम्बिनीमा माघ १ र २ गते सार्वजनिक बिदा हुनेछ ।
प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार