
खेल क्षेत्रको विकास उच्च प्राथमिकतामा छ : मुख्यमन्त्री आचार्य
तुलसीपुर,१५ माघ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले छैठौं तुलसीपुर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्नुभएकाे छ ।
अमर माध्यमिक विद्यालय उरहरिमा आयोजना गरिएको रनिङ शिल्डको मुख्यमन्त्री आचार्यले मंगलबार उद्घाटन गरेका हुन् ।उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले खेल क्षेत्रको समग्र विकासलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयाे।
सरकारले यो आकर्षणलाई कायम राख्न पूर्वाधार थप गर्ने कुरालाई प्राथमिकतामा राखेको छ भने खेलाडिहरुको क्षमता बढाउने र नियमित प्रतियोगिताको वातावरण तयार पारेको बताए ।
मुख्यमन्त्री आचार्यले खेल पूर्वाधार निर्माण, खेलाडीको क्षमता अभिवृद्धि तथा नियमित प्रतियोगिताहरूको आयोजना प्रदेश सरकारका मुख्य प्राथमिकता भित्र पर्ने उल्लेख गरे । उहाँले खेलकुद क्षेत्रले केवल शारीरिक र मानसिक विकास मात्र नभई आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक खेलाडी उत्पादनमा समेत ठूलो योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयाे ।
खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयाे। खेलकुदले युवाहरूलाई अनुशासन, परिश्रम र प्रतिस्पर्धात्मक क्षमताको विकास गर्न मद्दत गरेको समेत बताउनुभयाे ।
तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्काको अध्यक्षता तथा मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा सविधान सभाका सदस्य बुद्विराम भण्डारि, लुम्विनि प्रदेशका सदस्य रेखा शर्मा, लुम्विनि प्रदेशका पुर्व सदस्य शङ्कर गिरि, तुलसिपुर उमहानगरका पुर्व नगर प्रमुख घनश्याम पाण्डे, नेपाल पत्रकार महासङ्घ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले बाेलेका थिए ।
वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरु भएकाे कार्यक्रमकाे सञ्चालन प्रधानाध्यापक पदम बहादुर वलिले गर्नुभएकाे हाे । ४३ वटा विद्यालय सहभागि रहकाे प्रतियाेगिता १८ गते सम्म चल्नेछ । उद्घाटन सत्रमा विद्यार्थीहरुले विभिन्न झाँकी समेत प्रदर्शन गरेका थिए।