
सल्यान,१५ माघ।
दाङ हुँदै सल्यान देखि रुकुम जोड्ने राप्ती लोक मार्गको स्तरोन्नति हुने भएको छ । नेपाल सरकारले ६० करोड बजेट बिनियोजन गरे पछि राप्ती लोक मार्गको स्तरोन्नति हुन लागेको हो ।
राप्ती लोकमार्गको स्थलगत अनुगमन गर्दै पूर्ब भौतिक पुर्बाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले कपुरकोट बजार क्षेत्रको जोखिमयुक्त सडकलाई प्राथामिकतामा राखेर काम अघि बढाउन सडक भिजिजन कार्यालय दाङलाई निर्देशन दिनु भएको छ । ज्वालाले राप्ती लोकमार्ग सबैको चासो र गुणासोका बिषय बनेकाले नागरिकको सहज यात्राका लागि छिटो भन्दा छिटो लोकमार्गको स्तरोन्नतिको कार्य अगाडी बढाउन निर्देशन दिनु भएको हो ।
लोकमार्गको अनुमनमै रहेका सडक डिभिजन कार्यालय दाङका प्रमुख दिपेन्द्र बिष्टले स्तोन्नति गरिने सडकको छिट्टै प्राबधिक मुल्याङन गरेर बोलपत्र आह्वान गरिने बताउनु भयो । आगामी ३ बर्ष भित्र कम्तीमा ७ मिटरको सडक निर्माण गरेर सडकको स्तोन्नतिको कार्य सम्पन्न गर्ने गरी आफुहरुले तयारी गरेको बिष्टले जानकारी दिनु भयो ।
६० करोड बजेटबाट हर्नेटी देखि राम्री,चोरखोला सडक खण्ड,कपुरकोट बजारको जाखिमयुक्त सडक,सम्धीमोड देखि अरिङगाले हुँदै सल्लेखोला सम्मको सडक क्षेत्रमा स्तोन्नतिको कार्य गरिने सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।।