२०८१ फाल्गुन ६ गते मङ्गलवार

रोल्पामा खर काट्न गएकी एक महिलाको भिरबाट लडेर मृत्यु



दाङ,२९ पुस ।
रोल्पामा खर काट्न जंगल गएकी एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । खर काट्ने क्रममा लुङ्ग्री गाँउपालिका–५ गर्मी गाँउका भिमराज थापाको श्रीमती ३३ वर्षीय संगिताकुमारी थापाको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरिक्षक रोहीत कुमार शाहीले जानकारी दिनुभयो ।
उहाँका अनुसार मृतक थापा आज बिहान लुङ्ग्री गाँउपालिका-५ स्थित प्रतिकुञ्जेरी सामुदायिक बनमा खर काट्न गएकी थिइन ।
खर काट्ने क्रममा भिरबाट १०० मिटर तल खस्दा घटनास्थलमा नै मृत्यु भएको हो । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ पुष २९ गते सोमवार