तुलसीपुर, १८ माघ ।
दाङमा करेन्ट लागेर एक जना घाइते भएका छन् । घाइते हुनेमा दंगिशरण गाउँपालिका वडा नम्बर ५ डाँडाचिसका ३५ वर्षका चोसिला बस्नेत रहेको प्रहरीले जनाएको छ ।
आज बिहान बारीमा लिपलिपे रुखको घाँस काट्ने क्रममा उक्त रुखको हाँगाले बोरिङको लागी सप्लाई गरेको मेन लाईनमा छुन जादा करेन्ट लागी रुखबाट लडी घाईते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक तथा प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो ।
बस्नेतको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको प्रहरी निरिक्षम रानाले बताउनुभयो ।
घाइते बस्नेतको ढाडमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : २०८१ माघ १८ गते शुक्रवार

