२०८२ जेष्ठ ३२ गते आइतवार

दाङमा गाडी दुर्घटना, एकजना गम्भीर घाइते, चालक फरार



फाईल तस्बिर

दाङ,२२ माघ ।

पश्चिम दाङकाे हापुरेबाट हसपुरतर्फ जाँदै गरेको बा ११ च ११०४ नम्बरको उइङ्गर गाडी दुर्घटना हुँदा एकजना गम्भीर  घाइते भएका छन्। बबई गाउँपालिका-३ धनवासमा (आज) मंगलबार  राति करिब ९ बजेतिर  अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राणाले जानकारी दिनुभयो ।

दुर्घटनामा परी दङ्गिशरण गाउँपालिका-४ बैवाङ निवासी ५८ वर्षीय कमानसिंह वलि गम्भीर घाइते हुनुभएकाे हाे । उहाँकाे टाउको, निधार, दुबै हात र खुट्टामा चोट लागेको छ। घाइते वलिलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा भर्ना गरिएको छ ।

प्रहरीका अनुसार उक्त गाडीमा चालकसहित तीन जना सवार रहेकाे बुझिएकाे छ । चालक फरार रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ २२ गते मङ्गलवार