२०८३ बैशाख ३० गते बुधवार

मृतकका आफन्तले गरे तुलसीपुर-घोराही सडक बन्द



दाङ, २८ माघ ।
तुलसीपुर-घोराही सडक अवरुद्ध भएको छ । आइतबार तुलसीपुरको हात्तिखौवा चोक नजिकै ट्रकको ठक्करबाट तुलसीपुर– ७ घुसेरीका ५६ वर्षिय जंग बहादुर चौधरीको मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट मृत्यु भएपछि दोषिलाई कार्बाही र उचित क्षतिपुर्तिको मागसहित आफन्तले आज बिहानदेखि सडक अवरुद्ध पारेका हुन् । आफन्तले सडकमा टायर बालेर सडक अवरुद्ध गरेपछि गन्तव्यमा हिडेका यात्रुहरु रोकिएका छन् ।

आइतबार दिउँसो तुलसीपुर-६ हात्तिखौवा चोक नजिकै आइतबार दिउँसो ३ बजेतिर घोराहीतर्फ जाँदै गरेको ना ६ ख ५९२२ नम्बरको ट्रकले लु.प्र.०२-००१ प २८६८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

ट्रकको ठक्करबाट मोटरसाइकल चालक तुलसीपुर-७ का ४७ वर्षिय तीर्थ बहादुर खत्री गम्भिर घाइते हुनुभएको छ । ट्रक चालक बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ का ४५ वर्षिय जयराम अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २०८१ माघ २८ गते सोमवार