
तुलसीपुर, ३० माघ ।
तुलसीपुरमा बुधबार राति दुईवटा माेटरसाईकल एकआपसमा ठाेक्किँदा एक जना घाइते भएका छन्।
तुलसीपुर-९, दाेघरे पेट्रोल पम्प अगाडि दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जना घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दिनुभयो ।
उहाँका अनुसार तुलसीपुरबाट कृष्ण मन्दिरतर्फ जाँदै गरेको प्र. ५-०२-००१ प ०४८९ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको रा ३ प ४६७३ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो।
ठक्करबाट गंगादेव गाउँपालिका-१ राेल्पाका ३४ वर्षीय नविन वली घाइते भएकाे प्रहरी निरीक्षक राणाले जानकारी दिनुभयो।
घाइते वलीको दायाँ खुट्टामा चोट लागेको छ । उहाँकाे अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। चिकित्सकका अनुसार उहाँको अवस्था मध्यम रहेकाे छ।
दुर्घटनामा संलग्न रा ३ प ४६७३ नम्बरको मोटरसाइकलका चालक तुलसीपुर-८ कृष्ण मन्दिरका १८ वर्षीय गंगाराम डाँगी र दुबै मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ।