२०८१ चैत्र ३ गते आइतवार

तुलसीपुरमा भेरीको टोकाइबाट आमा-छोरा घाइते



तुलसीपुर,३ फागुन।

तुलसीपुरमा बनभेरीको टोकाइबाट एकै घरका दुई जना घाइते भएका छन्।

तुलसीपुर उपमहानगरपालिका-४,खाद्रेका २३ वर्षीया भीमा बुढा र उहाँका ११ वर्षीय छोरा बिवश बुढा बनभेरीको टोकाइबाट घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयाे।

प्रहरीका अनुसार आज (शनिबार) दिउँसो घर नजिकैको खेतमा पानी सिंचाइ गर्न गएका बेला आमा-छोरालाई बनभेरीले टोकेको हो। भेरीको टोकाइबाट घाइते आमा-छोराको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुबै जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ फाल्गुन ३ गते शनिवार