२०८२ फाल्गुन २९ गते शुक्रवार

तुलसीपुर उपमहानगरपालिका सरसफाई शाखामा कार्यरत चौधरीको सवारी दुर्घटनामा मृत्यु



दाङ, १५ फाल्गुण।तुलसीपुर उपमहानगरपालिकाको सरसफाई शाखामा कार्यरत कर्मचारी ३५ वर्षिय कबिराम चौधरी सवारी दुर्घटनामा परी मृत्यु भएको छ । महाशिवरात्रिको दिन बुधबार साँझ मोटरसाइकल दुर्घटनामा परेर गम्भिर घाइते भएका तुलसीपुर-२ निवासी चौधरीको नेपालगञ्जमा उपचारको क्रममा निधन भएको हो ।

तुलसीपुर-६ का अध्यक्ष वर्षात भण्डारीले सरसफाई शाखामा कार्यरत कर्मचारी चौधरीको निधनप्रति दुख व्यक्त गर्दै परिवारमा समवेदना प्रकट गर्नुभएको छ ।

महाशिवरात्रीका दिन साँझ ६ बजेतिर तुलसीपुर -८ चमिखोला नजिकै तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेको रा ४ प ४४१० नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रबक्ता प्रहरी निरीक्षक सूर्य रानाले दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-८ निवासी ४८ वर्षीय लक्ष्मी प्रसाद थारु पनि गम्भिर घाइते हुनुभएको छ । उहाँको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १५ गते बिहिवार