२०८२ असार ३ गते बुधवार

रोल्पाकाे सामुदायिक वनमा एक पुरुषको शव फेला 



रोल्पा,२६ फागुन। रोल्पाकाे सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ ।लुङग्री गाउँपालिका -५ पुरानो बुझीङस्थित सुनथोक सामुदायिक वनमा सोही वडाका ६४ वर्षीय जिते विककाे शव सडेगलेको अवस्थामा फेला परेको

 ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी निरीक्षक अरुण तामाङले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार विककाे शव पुरानो बुझिङस्थित टाउके रोकाको खरबारीको खोल्सामा भेटिएकाे हाे । मृतकको  बहिनी जस्मता विकले भेटिएकाे शव आफ्नाे दाजुकाे नै रहेकाे  पुष्टि गर्नुभयाे।

घटनास्थलको प्रारम्भिक अनुसन्धान र आवश्यक प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि रोल्पा अस्पताल रेउघा पठाइएको छ।

मृत फेला परेका विक गत फागुन १९ गते घरबाट कसैलाई जानकारी नदिई घरबाट निस्किएकाे पारिवारिक स्रोतले जनाएको छ । सम्पर्कविहीन भएको दुई दिनपछि फागुन २१ गते मृतकका भाई नाता पर्ने जित बहादुर विकले प्रहरी चौकी किलाचौरमा खोजीका लागि निवेदन दिनुभएकाे थियाे ।

प्रकाशित मिति : २०८१ फाल्गुन २६ गते सोमवार