२०८२ बैशाख ८ गते सोमवार

तुलसीपुरमा घरकाे छतबाट खस्दा बालक गम्भीर घाइते



दाङ,५ चैत । तुलसीपुर उपमहानगरपालिका-९, बेलुवामा एक बालक घरको छतबाट खस्दा गम्भीर घाइते भएका छन्।

साेमबार साँझ  सल्यानकाे कपुरकोट गाउँपालिका-६, सिनबाङ घर भई हाल तुलसीपुर-९ बेलुवामा काेठा भाडामा बस्दै आएका लक्षमण खड्काका १० वर्षीय छाेरा जनक खड्का छतबाट खसेर घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता सूर्य राणाले जानकारी दिनुभयो।

खेल्ने क्रममा घरको दोस्रो तल्लाको छतबाट खस्दा उनको टाउकोमा गम्भीर चोट लागेको छ। घाइते जनकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेकाे छ ।

 

प्रकाशित मिति : २०८१ चैत्र ५ गते मङ्गलवार