२०८२ जेष्ठ १० गते शनिवार

दाङका तीर्थयात्री चढेको स्कार्पियो भारतमा दुर्घटना : चार जनाको मृत्यु



दाङ, १५ चैत । दाङको तुलसीपुरबाट भारतमा तीर्थ यात्राका लागि गएको स्कार्पियो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । बिहिबार बिहान तुलसीपुरबाट छुटेको भारतीय नम्बर प्लेटको युपी ३१ एसी ७२०० नम्बरको स्कार्पियो गाडी भारतको बहराइचमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

तुलसीपुर–७ का वडा अध्यक्ष राम बहादुर जिसीका अनुसार दुर्घटनामा परी गाडी चालक तुलसीपुर–७ पर्सेनी निवासी अन्दाजि ३७ वर्षिय युवराज चापागाईसहित चार जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी तुलसीपुर-७ श्रीगैँ निवासी मोतिराम वलीको आमा ८० वर्षिय वृद्धाको मृत्यु भएको छ । यस्तै अरु दुई जनाको पनि मृत्यु भएको र तर उनीहरुको नाम नखुलेको उहाँले बताउनुभयो ।

गाडीमा नौ जना सवार रहेको र अरु घाइते भएको उहाँले बताउनुभयो । वडा अध्यक्ष जिसीले घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना समेत गर्नुभएको हो । दुर्घटना बिहिबार दिउँसो ४ बजेतिर भएको हो ।

गाडीमा सवार सबै जना यात्रु तुलसीपुरकै रहेको प्रारम्भिक अनुमान गरिएको छ । गाडी पनि भारतीय नम्बर प्लेटको भएपनि तुलसीपुरकै रहेको खुलेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र १५ गते शुक्रवार