२०८२ जेष्ठ १० गते शनिवार

खाना पकाउने क्रममा आगाेले जलेर तुलसीपुरमा एक महिला घाइते



दाङ,१६ चैत । तुलसीपुरमा खाना पाकाउने क्रममा आगोले जलेर एक महिला घाइते भएकि छन्। आज(शनिबार) बिहान तुलसीपुर उपमहानगरपालिका-३, रानागाउँकी ६० वर्षीय गोमा वली आफ्नै घरमा खाना पकाउने क्रममा आगाेले जलेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक रानाका अनुसार खाना पकाउने क्रममा वलीले शरीरमा लगाएको कपडामा आगो सल्किएकाे थियाे । आगाेले कम्मर, पेट लगाएतकाे भाग जलेकाे छ ।उहाँको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

 घाइते वलीलाई तत्काल उद्धार गरी राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा  उपचारका लागि लगिएको छ।

सम्बन्धीत समाचार:तुलसीपुरमा आगोले जलेर एक महिलाको मृत्यु

प्रकाशित मिति : २०८१ चैत्र १६ गते शनिवार