
दाङ, ५ बैशाख ।दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
कृष्णनगरबाट तुलसीपुरतर्फ आउँदै गरेको बा ३ ख ७९९६ नम्बरको बस शुक्रबार साँझतिर राप्ती-५ लठह्वामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार एक जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा राजपुर गाउँपालिका-५ निवासी ५६ वर्षीय निलसरोज यादव र नाम ठेगाना नखुलेकी एक महिलाको मृत्यु भएको हो ।
यस्तै दुर्घटनामा परी बसमा सवार १० जना भन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेहरूको सिसहनियाँ र लमहीमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार