२०८२ जेष्ठ १० गते शनिवार

दाङमा घोडाको लात्तीले लागेर युवकको मृत्यु 



दाङ,१० बैशाख ।दाङको बबई गाउँपालिका-५, बबरपुरमा घोडाको लात्तीले लागेर एक १८ वर्षीय युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रहरी प्रवक्ता सूर्य रानाले जानकारी दिनुभयो।

प्रहरी प्रवक्ता रानाका अनुसार बुधबार दिउँसो करिब २ बजे बाटोमा हिँडिरहेका योगेश सुनारलाई सोही ठाउँका ६० वर्षीय झगबिर वलीको घोडाले पछाडिबाट लात्ती हानेको थियो। लात्तीको चोट उनकाे वायाँ कोखामा परेपछि उनी गम्भीर घाइते भएका थिए।

घाइते सुनारलाई तुरुन्त राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा लगिएको थियो। त्यहाँ सामान्य उपचारपछि उनलाई थप उपचारका लागि कोहलपुर, बाँकेको नेपालगञ्ज मेडिकल कलेज रिफर गरिएको थियो।

उपचारका क्रममा आज राति ८:४० बजे उनकाे मृत्यु भएको प्रहरीले जनाएको छ। मृतक सुनारकाे शवलाई हाल सोही अस्पतालमा राखिएको छ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार