२०८२ जेष्ठ १० गते शनिवार

बिजौरीमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते



दाङ, वैशाख ११ । तुलसीपुरमा उपमहानगरपालिका-१९ स्थित हाडिमेमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्। बिहीबार साँझ ५ बजेतिर स्यालापानीबाट बिजौरीतर्फ आउँदै गरेको रा ५ प ४८८९ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट जाँदै गरेको रा ६ प ३०१५ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना  भएको हो।

दुर्घटनामा रा ६ प ३०१५ नम्बरको मोटरसाइकल चालक, तुलसीपुर-१९ निवासी ५२ वर्षीय मानबहादुर खत्री गम्भीर घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य रानाले जानकारी दिनुभयो।

उहाँका अनुसार  खत्रीको बायाँ हात भाँचिएको छ । थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होममा रिफर गरिएको छ।

यस्तै, रा ५ प ४८८९ नम्बरको मोटरसाइकलका चालक १८ वर्षीय विष्णु वली र पछाडि सवार ४० वर्षीया चुमा वली सामान्य घाइते हुनुभएकाे छ  ।

दुवै मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख ११ गते बिहिवार