
दाङ,१६ बैशाख । तुलसीपुर उपमहानगरपालिकाको गाडीले स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएका छन् । आज मंगलबार बिहान सवा ९ बजेतिर गाडीले स्कुटीलाई ठक्कर दिदा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।
सुकौराबाट तुलसीपुरतर्फ आउँदै गरेको रा १ झ १४२ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको प्र.२-००१ प–१६७९ नम्बरको स्कुटीलाई तुलसीपुर उपमहानगरपालिका–५ स्थित सुकौरा रोड पानी ट्यांकी नजिकै ठक्कर दिएको हो ।
घाइते भएका स्कुटी चालक तुलसीपुर-५ बस्ने ४२ वर्षीय शंकर रेग्मी र उहाँको ४ वर्षीया नातिनी प्रिन्स बुढाथोकीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिनुभयो । रेग्मीको दायाँ खुट्टामा सामान्य चोट लागेको छ भने नातिनीको टाउको, छाती, मुख र निधारमा चोट लागेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न कार चालक तुलसीपुर उपमहानगरपालिका यान्त्रिक शाखा प्रमुख ४२ वर्षका रेवा रावतलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।