
राेल्पा,२२ बैशाख ।रोल्पामा ट्याक्टर दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। परिवर्तन गाउँपालिका-३ बागमारा स्थित दुई खोली-चुनवाङ भित्री सडकखण्डमा गए राति ट्याक्टर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।
मृत्यु हुनेमा ट्याक्टर चालक दाङकाे घाेराही उपमहानगरपालिका वडा नं. ४ कुईरेपानीका अन्दाजी २९ वर्षीय खिमबहादुर सुनार रहेकाे रोल्पा प्रहरीले जनाएको छ। आइतबार राति दुई खोलीबाट बागमारा तर्फ जाँदै गरेकाे लु.प्र.०२-००१त ८९ नम्बरको ट्याक्टर करिब साढे नाै बजेतिर अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेको थियो।
दुर्घटनाभए लगत्तै स्थानिय बासिन्दाले तत्कालै प्रहरीलाई खबर गरेका थिए। दुर्घटनाको समयमा ट्याक्टरमा चालक बाहेक अन्य कोही सवार नरहेको र ट्याक्टर घटनास्थलमै रहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार