
तुलसीपुर ,२४ बैशाख । तुलसीपुरमा कारको ठक्करबाट एकजना गम्भीर घाइते भएका छन्।
तुलसीपुर-५ वी.पी. चोकमा बुधबार साँझ सात बजेतिर वी.पी. चोकबाट बसपार्कतर्फ जाँदै गरेकाे प्र.३-०१-०२४ च ०५४६ नम्बरको कारले ठक्कर दिँदा सोही ठाउँका ३७ वर्षीय ज्ञानेन्द्र केसी घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक रानाका अनुसार घाइते काेसीकाे टाउको र बायाँ खुट्टामा चोट लागेकाे र अवस्था मध्यम रहेकाे छ । केसीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार थप उपचारका लागि नेपालगञ्जस्थित नर्सिङ होम रेफर गरिएकाे छ ।
दुर्घटनामा संलग्न कार चालक तुलसीपुर -६ निवासी २५ वर्षीय शिवराज अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार