२०८२ मङ्सिर २३ गते मङ्गलवार

पर्सेनीमा मोटरसाइकल दुर्घटना: दुई जना घाइते



फाईल तस्बिर

दाङ,३१ बैशाख । तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।

तुलसीपुर उपमहायनगरपालिका-७,पर्सेनी खाद्रे सडक खन्ड अन्तरगत बोगटीमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

तुलसीपुरबाट खाद्रे तर्फ जाँदै गरेको प्रदेश ३-०२-००८
प ३०३४ नम्बरको मोटरसाइकल मंगलबार राती अनियन्त्रित
भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक सुर्य रानाले जानकारी दिनुभयाे ।

दुर्घटनामा मोटरसाइकल चालक तुलसीपुर-४ खाद्रेका ३२ वर्षीय साजन बुढा मगर गम्भीर घाइते हुनुभएको छ । उहाँको  नाक, मुख, आँखा र टाउकोमा चोट लागेको छ। बुढाले मादक पदार्थ सेवन गरेर माेटरसाइकल चलाएकाले दुर्घटना भएकाे प्रहरीले जनाएकाे छ ।

त्यस्तै, मोटरसाइकलको पछाडि सवार तुलसीपुर-४ खुमखानीका २३ वर्षीय रमेश घर्तीमगर पनि घाइते हुनुभएको छ । उहाँको दुबै हात र नाकमा सामान्य चोट लागेको छ। प्रहरीका अनुसार,घर्तीले पनि मापसे गरेको पुष्टि भएको छ।

दुवै घाइतेलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लागि भर्ना गरिएकोमा गम्भिर घाइते रहेका बुढालाई  थप उपचारका लागि नर्सिङहाेम नेपालगन्ज रेफर गरिएकाे छ ।यस्तै सामान्य घाइते घर्तीलाई अस्पतालले डिसचार्ज गरेकाे छ । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको र मोटरसाइकल प्रहरी चौकी पर्सेनीको नियन्त्रणमा रहेको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ १ गते बुधवार