२०८२ फाल्गुन २० गते बुधवार

तुलसीपुरमा भारतीय फाेर्स गाडीको ठक्करबाट एक जना घाइते



तुलसीपुर,४ जेठ । तुलसीपुरमा भारतीय नम्बर प्लेटको फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एकजना घाइते भएका छन्। आइतबार बेलुकी करिब साढे आठबजेतिर  तुलसीपुर उपमहानगरपालिका-६  विद्युत कार्यालय नजिकै घोराही रोडमा भएको सवारी दुर्घटनामा एक युवक घाइते भएका छन्।

 घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेकाे HP ०१s २२९८ नम्बरको भारतीय फोर्स गाडीले विद्युत कार्यालयबाट ज्ञानज्योति स्कुलतर्फ जाँदै गरेको रा ५ प १५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।

ठक्करबाट घाइते हुनेमा मोटरसाइकल चालक  तुलसीपुर उपमहानगरपालिका-६, बरुवागाउँका २४ वर्षिय बुद्धिराम चौधरी रहेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दिनुभयो।

 उहाँको ढाड, दुवै हात-खुट्टा र कम्मरमा चोट लागेको र हाल राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था मध्यम रहेको  इन्डियन फोर्स गाडीका चालक तुलसीपुर -९, बेलुवाका ३६ वर्षीय बिर बहादुर खत्रीलाई  इलाका प्रहरी कार्यालय तुलसीपुरले नियन्त्रणमा लिएको छ।

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार