तुलसीपुर,११ जेठ । सल्यानबाट तुलसीपुरतर्फ जाँदै गरेको जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । घाइते मध्य एक जना अबस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी सुर्य रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका-५ का १५ वर्षका सपना बुढाथोकीको अबस्था गम्भिर रहेको छ । उहाँको ढाड, टाउको र पेटमा चोट लागेको प्रहरीले जनाएको छ ।
प्रहरी प्रवक्ता रानाका अनुसार सल्यान कपुरकोट गाँउपालिका-५ का ६२ वर्षका भिमा बुढा, सोही ठाँउका ६७ वर्षका मञ्जिता बोहोरा, ३८ वर्षको विजय बुढाथोकी, कपुरकोट गाँउपालिका-४ का ४६ वर्षका सिमा बुढा, कपुरकोट गाँउपालिका-६ का गारेलाल बोहोरा घाइते भएका छन् ।
घाइतेहरुको राप्ती प्रादेशिक अस्तपाल तुलसीपुरमा उपचार भैरहेको प्रहरीले जनाएको छ । सल्यानबाट तुलसीपुरतर्फ आउँदै गरेको लु १ ज १६३७ नम्बरको जिप आज दिउँसो करिब १ बजेतिर कपुरकोट गाँउपालिका-३ लामिडाडामा दुर्घटना भएको छ ।
दुर्घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

