२०८३ बैशाख ३१ गते बिहिवार

तुलसीपुरमा बारीमा घाँस काट्न गएका एकजनाको सर्पले टोकेर मृत्यु



तुलसीपुर,११ असार ।

तुलसीपुरमा बारीमा घाँस काट्न गएका एकजनाको सर्पले टोकेर मृत्यु भएको छ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार आज(मङ्गलबार) दिउँसो साढे ३ बजेतिर घर नजिकै रहेकाे आफ्नै बारीमा घाँस काट्न गएको समयमा  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बाँसगढीका ५५ वर्षीय पारु चौधरीको सर्पले टोकेर मृत्यु भएको हो।

बारीमा घाँस काट्न गएका बेला पहिचान नभएको विषालु सर्पले पारुलाई बायाँ हातमा टोकी घाइते हुनुभएको थियो। सर्पदंशबाट घाइते चाैधरीकाे  राति ८ बजे राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरक्षक थापाले जानकारी दिनुभयो।

प्रकाशित मिति : २०८१ असार ११ गते मङ्गलवार