२०८२ चैत्र १ गते आइतवार

तुलसीपुरमा माेटरसाईकल अनियन्त्रित भइ पल्टिँदा दुई जना घाइते,एककाे अवस्था गम्भिर



फाइल तस्बिर

दाङ,१४ असार  ।

तुलसीपुरमा माेटरसाईकल अनियन्त्रित भइ पल्टदा दुई जना घाइते भएका छन् ।

शुक्रबार(आज) साझ सवा सात बजेतिर तुलसीपुर-१२ पुकार पसलबाट मलवारतर्फ जाँदै गरेको रा ३ प ३७५० नम्बरकाे  मोटरसाइकल तुलसीपुर-१२ काे गुहारखाेला पुल नजिकै अनियन्त्रित भइ पल्टिएकाे हाे ।

दुर्घटनामा माेटरसाईकल चालक तुलसीपुर-१६ का २० वर्षका सागर नेपाली र पछाडी सवार साेहि ठाँउका ३५ वर्षका तारा बहादुर धिताल घाइते भएकाे  इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयाे ।

 प्रहरी  निरिक्षक थापाका अनुसार  घाइते नेपालीको छातिमा चाेट लागेकाे छ । अवस्था  गम्भीर रहेकाले  उपचारका लागि नेपालगञ्ज रेफर गरिएकाे छ।

माेटरसाईकलमा पछाडि सवार धितालकाे टाउकाे र खुट्टामा चाेट रहेकाे छ । उहाँकाे भने अबस्था मध्यम रहेकाे प्रहरी  निरिक्षक थापाले जानकारी दिनुभयाे ।अनियन्त्रित भएर माेटरसाईकल सडकबाट करिब १५ मिटर तल खसेकाे प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८१ असार १४ गते शुक्रवार