२०८३ बैशाख ३१ गते बिहिवार

तुलसीपुरमा चट्याङ लागेर एक जना घाइते



तुलसिपुर,१५ असार ।

तुलसीपुरमा चट्याङ लागेर एकजना घाइते भएका छन्। तुलसीपुर उपमहानगरपालिका- १९ छिल्लिकोटका ३६ वर्षीय दुर्गा बहादुर बिक चट्याङ लागेर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

 शुक्रबार राति करिब साढे आठ बजेतिर  बिकको दुई तले चारकोठाकाे कच्ची घरमा चट्याङ परेकाे थियाे । चट्याङले  घर समेत चर्किएको छ।

घरमै रहेका विकलाई चट्याङले लागेर शरीरको बायाँतर्फको भाग पुरै नचल्ने अवस्था रहेको प्रहरी निरीक्षक थापाले जानकारी दिनुभयो। विकलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर लगिएकाे छ।

प्रकाशित मिति : २०८१ असार १५ गते शनिवार