रोल्पा, १७ असार ।
रोल्पाको तालाबाङ जाँदै गरेको जीप दुर्घटनामा परेको छ । माडी गाउँपालिका-२ घर्तिगाउँबाट तालावाङ जाँदै गरेको लु १ ज ३२५२ परेवा छहरामा करिव ४०० मिटर तल खसेर दुर्घटना भएको पत्रकार बुद्धिमान वलीले जानकारी दिनुभयो ।
दुर्घटनास्थलबाट अहिले उद्धारको काम चलिरहेको उहाँले बताउनुभयो । विस्तृत विवरण आउन बाँकी छ ।
प्रकाशित मिति : २०८१ असार १७ गते सोमवार

