२०८३ बैशाख ३१ गते बिहिवार

राेल्पा दुर्घटना अपडेट : मृत्यु भएका सात जनाकै सनाखत



रोल्पा, १८ असार ।
रोल्पामा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या सात पुगेको छ । दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा माडी गाउँपालिका- ३ तालावाङका ३३ वर्षीया जुनमाया खड्का, ७७ वर्षीय खडकबहादुर डाँगी, माडी गाउँपालिका- ३ दाबाङकी ३० वर्षीया अमृता घर्ती, उहाँकी १८ महिनाकी छोरी रहेको रोल्पा जिल्ला प्रहरी प्रमुख डिएसपी भरत लामाले रेडियो हाम्रो पहुँचलाई जानकारी दिनुभयो ।

यस्तै, परिवर्तन गाउँपालिका- २ राङ्सीकी ३३ वर्षीया रामकली पुन र परिवर्तन-३ का ७० वर्षीय झुपलाल डाँगी, परिवर्तन-३ का ५० कणर् घर्ती मगरको पनि दुर्घटनामा मृत्यु भएको छ ।

माडी गाउँपालिकाको घर्तीगाउँबाट वडा नं. ३ तालाबाङतर्फ जाँदै गरेको लु १ ज ३२५२ नम्बरको जिप सोमबार बेलुका करिब ६ बजेतिर माडी-४ को परेवा छहरा भन्ने ठाउँमा दुर्घटना भएको हो । जिप सडकबाट करिब चार सय मिटर तल पुगेको प्रहरीले जनाएको छ ।

घाईते हुनेमा गाडी चालक परिवर्तन-६ का ४५ वर्षिय दिपक थापा, माडी-३ का कर्म बुढामगर, बर्माली घर्ती मगर, खगेन्द्र बाँठा मगर, प्रतिभा बुढामगर, दिल कुमारी घर्ती मगर, माडी-२ का हिटलर खड्का र गंगादेव-७ का नैनसिंह पुन रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

प्रकाशित मिति : २०८१ असार १८ गते मङ्गलवार