२०८३ बैशाख ३१ गते बिहिवार

दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु



दाङ,२२ असार ।
दाङमा खोलाले ट्याक्टर पल्टाउँदा एक जनाको मृत्यु भएको छ ।
गढवा गाँउपालिका-५ मा गंगदी खोलाले रा १ त २१६६ नम्बरको ट्याक्टर पल्टाउदा सोही ठाँउका ५५ वर्षीय छेदीराम चौधरीको मृत्यु भएको हो ।

चौधरीले शनिबार दिउसो ट्याक्टरबाट खोला पार गर्न लाग्नुभएको थियो । अरु दुई जनाको भने सकुशल उद्दार गरिएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरीक्षक कालिका कार्कीले जानकारी दिनुभयो । उहाँका अनुसार ट्याक्टर चालक महेश यादव र राजकुमार चौधरीको उद्दार गरिएको हो ।

प्रकाशित मिति : २०८१ असार २२ गते शनिवार