दाङ, ५ साउन ।
दाङको तुलसीपुरमा मुसा मार्ने विषादीको सेवनबाट एक जनाको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार तुलसीपुर-६ का ४१ वर्षीय राजकुमार परियारको मुसा मार्ने विषादीको सेवनबाट मृत्यु भएको हो ।
परियार यही श्रावन ३ गते दिउँसो १ बजेको समयमा आफ्नै घरमा रहेको नाम नखुलेको मुसा मार्न प्रयोग गरिने बिषादी सेवन गर्दा बिरामी पर्नुभएको थियो ।
उहाँलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा लगिएको थियो ।
प्रतिष्ठानमा पनि उपचार सम्भव नभएपछि शुक्रबार गएराती ९ बजेतिर नेपालगञ्ज रिफर गरिएकोमा उपचारकै क्रममा गएराती साढे २ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । उहाँले बिषादी प्रयोग गर्नुको कारण नखुलेको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

