दाङ,२० साउन ।
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएपछि आफन्तले घोराही-तुलसीपुर सडक अवरुद्ध पारेका छन् ।
गएराती घोराही -तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा घोराहीबाट तुलसीपुर जाँदै गरेको लु २ ख ५०८५ नम्बरको टिप्परले विपरीत दिशातर्फ आइरहेको बा ५८ प ५६०५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा घोराही- ९ का ३९ वर्षीय कुलबहादुर बस्नेतको मृत्युु भएको थियो ।
मृतक कुलबहादुरका आफन्तले घोराही-तुलसीपुर सडकखण्ड अन्तर्गत सौरीकुलामा सडक सडक अवरुद्ध पारेका हुन् । दोषिलाई कार्बाही र उचित क्षतिपूर्ति पाउनुपर्ने मागसहित आफन्तले सडक अवरुद्ध गरेका हुन् ।
आफन्तले सडकमा अवरुद्ध पारेपछि गन्तव्यमा हिडेका यात्रुहरु बिचबाटोमै रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सीनाले सडक खुलाउने प्रयास भइरहेको बताउनुभयो ।
उहाँले पिडित र पिडक दुवै पक्षसंग छलफल भइरहेको र सकेसम्म छिट्टै सडक खुलाउने बताउनुभयो । उहाँले बन्द गरेर भन्दा पनि आपसी छलफल गरेर समाधान खोज्नुपर्ने बताउनुभयो ।

