२०८३ बैशाख ३१ गते बिहिवार

मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते



दाङ, २३ साउन ।
दाङमा मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन् । तुलसीपुर-६ गुम्राहचोकस्थित एयरपोर्टबाट तुलसीपुरतर्फ आउदै गरेको रा ७ प ६२४९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको हो ।

मोटरसाइकलको ठक्करबाट तुलसीपुर-६ का १६ वर्षिय निकेश चौधरी र मोटरसाइकल चालक तुलसीपुर-९ का १६ वर्षिय आनन्द चौधरी घाइेते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार चौधरीलाई मध्यम चोट रहेको छ भने मोटरसाइकल चालकलाई सामान्य चोट रहेको छ । घाइते दुवै जनाको राप्ती प्रादेशिक तुलसीपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ साउन २३ गते बुधवार