२०८३ बैशाख ३१ गते बिहिवार

तुलसीपुरमा जिप अनियन्त्रित भएर दुर्घटना हुँदा एक जना घाइते 



तुलसीपुर,२८ साउन ।

दाङकाे तुलसीपुरमा जिप दुर्घटना एक जना घाइते भएका छन् । साेमबार (आज) राति ८ बजे घाेराही-तुलसीपुर सडकखण्ड अन्तरगत तुलसीपुर-६  बनकट्टाकाे ओरालोमा मोतिपुरबाट तुलसीपुरतर्फ आँउदै गरेको बा.प्र.०३००१ च ०३८१ नम्बरकाे पिकअप (डबल क्याप) दुर्घटनामा परेकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो।

चालकसहित २ जना सवार जिप अनियन्त्रित भई सडकको बाँया साईडमा पल्टिँदा जिपमा सवार तुलसीपुर-११ नवलपुर का २९ वर्षिय केशब खत्री घाईते भएकाे प्रहरी निरिक्षक थापाले जानकारी दिनुभयो। साेहि ठाउँ निवासी गाडी चालक ३० वर्षका मनि बिष्ट भने सकुशल रहेका छन् ।

प्रहरीका अनुसार घाइते खत्रीको दाँया हात र ढाडमा चोट  लागेकाे छ । उहाँको अबस्था मध्यम रहेकाे छ । घाइते खत्रीको  राप्ती प्रादेशिक अस्पताल तुलसीपुर  उपचार भईरहेको छ । गाडि चालक भने प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रकाशित मिति : २०८१ साउन २८ गते सोमवार