२०८३ बैशाख ३१ गते बिहिवार

प्युठानको नारिकोटमा सवारी जिप दुर्घटना



प्युठान, १६ असोज ।
प्युठानको नारिकोटमा सवारी जिप दुर्घटना भएको छ । बुटवलबाट नारिकोट जाँदै गरेको लु १ ज ४९२८ नम्बरको जिप कुमालधारामा दुर्घटना भएको हो ।

जिप सडक देखि करिब ५ मिटर तल खसेको छ । जिपमा ८ जना यात्रु सवार रहेको प्रारम्भिक अनुमान गरिएको छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०८१ असोज १६ गते बुधवार