२०८३ बैशाख ३१ गते बिहिवार

दाङको बेलझुण्डीमा स्कुटर दुर्घटना, दुई जना घाइते



फाइल तस्बिर

दाङ, ९ कात्तिक ।

 तुलसीपुरबाट घोराहीतर्फ गइरहेको स्कुटर दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। शुक्रबार साँझ करिब पाँच बजेतिर तुलसिपुर-१७ बेलझुण्डी नजिकै रा ३ प ३४६६ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा ४० वर्षीय चालक निम बहादुर बिक र उहाँका ६५ वर्षीय पिता मान बहादुर बिक घाइते हुनुभएको छ। इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार चालक निम बहादुरको खुट्टामा सामान्य चोट लागेको र राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ।

पछाडि सवार मान बहादुर बिक भने गम्भीर घाइते हुनुभएको छ । टाउको र ढाडमा गम्भीर चोट लागेका कारण उहाँलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौँ रिफर गरिएको छ।

प्रहरीले दुर्घटनामा परेको स्कुटरलाई नियन्त्रणमा लिएको र घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

 

प्रकाशित मिति : २०८१ कार्तिक ९ गते शुक्रवार