२०८३ बैशाख ३० गते बुधवार

तुलसीपुरमा दुई मोटरसाइकल ठोक्किदा बाबु छोरा घाइते



फाइल तस्बिर

तुुलसीपुर,५ पुस ।
तुलसीपुरमा दुई मोटससाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन्। तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ प ३२१२ नम्बरकोे मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको रा ३ प ६०४४ नम्बरकोे मोटरसाइकल आज साँझ घोराही-तुलसीपुर सडक खण्ड अन्तरगत तुलसीपुर-१८ बिजौरीको डाँडागाउँमा एक आपसमा ठोक्किदा दुर्घटना भएको हो ।

दुर्घटनामा रा ३ प ६०४४ नम्बरकोे मोटरसाइकल चालक तुलसीपुर-७ प्रसेनिका २५ वर्षीय विराट शर्मा र पछाडि सवार उहाँका वुवा ५१ वर्षीय भोलानाथ शर्मा घाइत भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।

घाइते दुबै जनाको तुलसीपुरको सिटि अस्पतालमा उपचार भैरहेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ पुष ५ गते शुक्रवार