फाइल तस्बिर
रोल्पा, ७ पुस ।
रोल्पामा ट्याक्टर दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका ६ काजवाङ तेरा बस्ने बर्ष ३९ वर्षीय लक्ष्मण दमाई रहेको प्रहरीले जनाएको छ ।
उहाँको घट्ना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक रोहित कुमार शाहीले जानकारी दिनुभयो ।
माडी गाँउपालिका वडा-६ हान्निङ स्थित भित्रि सडक खण्डमा हान्निङ देखि मेलडाडाँ तर्फ वालुवा लिएर जादै गरेको रा.४ त.८६१ नम्बरको ट्याक्टर ओरालो बाटोमा ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ । ट्याक्टर सडक देखि करिब ३ सय मिटर तल खसेको छ ।
ट्याक्टर चालक दाङको घोराही उपमहानगरपालिका- ८ का २६ वर्षीय राजेश चौधरी सकुशल रहेको र चौधरीलाइ प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति : २०८१ पुष ७ गते आइतवार

