दाङ,२२ पुस ।
दाङमा मोटरसाईकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।
तुलसीपुर-घोराही सडकखण्डको बेलझुण्डीमा सोमबार दिउसो साढे तीन बजेतीर घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको लु ८८ प ८३९८ नम्बरको मोटरसाइकल र विपरित दिशातर्फ जाँदै गरेको रा २ प ५८१० नम्बरको मोटरसाइकल आपसमा ठोक्किदा दुुर्घटना भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो ।
दुर्घटनामा परेर रा २ प ५८१० नम्बरको मोटरसाइकल चालक रोल्पाको त्रीवेणी गाँउपालिका-७ का ४७ बर्षका कृष्ण बहादुर डाँगी र लु ८८ प ८३९८ नम्बरका मोटरसाइकल चालक रुपन्देहीको बुटवल उपमहानगरपालिका-१२ का २७ वर्षका राम प्रसाद घिमिरे घाइते भएको प्रहरी निरिक्षक खत्रीले जानकारी दिनुभयो ।
घिमिरेकोे हात र टाउकोमा चोट लागेको छ। उहाँको अहिले राप्ती लाइफ केयर अस्पतालामा उपचार भैरहेको छ । अर्का घाइते डाँगीको राप्ती पादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । घिमिरेको अवस्था मध्यम छ भने डाँगीको अवस्था सामान्य रहेकोे छ । घटनाका बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

