२०८३ बैशाख ३० गते बुधवार

तुलसीपुरमा बसको ठककरबाट एक महिलाको मृत्यु



तुलसीपुर,२४ पुस ।
तुलसीपुरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका-५ विरेन्द«चोकबाट नयाँ बसपार्कतर्फ जाँदै गरेको लु प्र ०२००१ ख ४४ नम्बरको बसको ठक्करबाट तुलसीपुर-५ सम्झना टोलकी ३९ वर्षकी  तिर्सना घर्ति मगरको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरिक्षक विनोदराज खत्रीले जानकारी दिुनभयो ।

उहाँका अनुसार आज(बुधबार) दिउँसो पौने दुई बजेतिर तुलसीपुर-५ नयाँ बसपार्क स्थित माछापुच्छ्रे गेट नजिकै बसले घर्तिलाई ठक्कर दिएको थियो । बसको ठक्करबाट गम्भीर घाइते भएकी घर्तिलाई उपचारका लागि तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो।

अस्पताल पुर्याए लगत्तै उपचारकै क्रममा सवा २ बजेतिर मृत्यु भएको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले जनाएको छ। मृतक महिलाको शव अहिले राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएको छ।

ठक्कर दिने बस र बसका चालक तुलसीपुर-६ का ४२ वर्षका खेमराज ओली प्रहरीको नियन्त्रणमा रहेका छन् । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

प्रकाशित मिति : २०८१ पुष २४ गते बुधवार