२०८३ बैशाख ३० गते बुधवार

रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु



रोल्पा, २५ माघ ।
रोल्पामा जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी अन्दाजी २७ वर्षिय सीता खड्काको मृत्यु भएको हो । उहाँको ठेगान एकिन भएको छैन्।

घर्तीगाउँबाट दाङको घोराहीतर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको जिप त्रिवेणी गाउँपालिका ७ गाङमा शुक्रबार साँझ ५ बजेतिर दुर्घटना भएको हो । जिप सडकबाट ५० मिटर तल खसेको छ ।

दुर्घटनामा परी दुई जना बालबालिका घाइते भएका छन् । दुर्घटनामा डेढ वर्षका बालक र साढे २ वर्षको बालिका घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी निरीक्षक बिजय चापागाईले जानकारी दिनुभयो । दुबै जना बालबालिकालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको छ ।

प्रहरीका अनुसार जिपमा पाँच जना सवार थिए । चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०८१ माघ २५ गते शुक्रवार