२०८३ बैशाख २० गते आइतवार

तुलसीपुरमा मोटरसाइकल अनियन्त्रित भइ दुर्घटना हुँदा दुई जना गम्भीर घाइते



फाईल तस्बिर

दाङ, फागुन १४ । तुलसीपुरमा माेटरसाइकल दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् । महाशिवरात्रीका दिन साँझ ६ बजेतिर तुलसीपुर -८ चमिखोला नजिकै तुलसीपुरबाट पश्चिम तर्फ जाँदै गरेकाे रा ४ प ४४१० नम्बरको  माेटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएकाे ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रबक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयाे ।

प्रहरीका अनुसार दुर्घटनामा परि मोटरसाइकल चालक तुलसीपुर उपमहानगरपालिका-८ निवासी ४८ वर्षीय लक्ष्मी प्रसाद थारु र माेटरसाइकलमा पछाडि सवार साेही ठाउँ निवासी ३५ वर्षीय कविराम चौधरी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते भएका दुवै जनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुर  भइरहेको प्रहरीले जनाएकाे छ ।

 

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार