२०८३ बैशाख १९ गते शनिवार

बेलझुण्डीमा मोटरसाइकल दुर्घटना,दुई जना घाइते



फाईल तस्बिर

दाङ,९ चैत । तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। शनिबार साँझ करिब ७ बजेतिर मजगैँबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प ८६१६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।

मोटरसाइकलको ठक्करबाट घोराही उपमहानगरपालिका ९ का ५० वर्षीय वर्षीय पैदल यात्री हुर्मत कार्की घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो।  उहाँको टाउकोमा चोट लागेको छ । घाइते  कार्कीको अवस्था मध्यम रहेको प्रहरी निरीक्षक खत्रीले जानकारी दिनुभयो ।

घटनामा मोटरसाइकल चालक तुलसीपुर-१८ का ५८ वर्षीय लोक बहादुर बहकरी पनि घाइते हुनुभएको छ। उहाँको निधार, मुख र बाँया खुट्टामा चोट लागेको छ। उहाँको अवस्था सामान्य रहेकाे छ ।

घाइते दुवैजनाकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। पैदल यात्रीलाई ठक्कर दिने मोटरसाइकल अस्थायी प्रहरी पोष्ट बेल्झुण्डीको नियन्त्रणमा रहेकाे प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ चैत्र ९ गते शनिवार