फाईल तस्बिर
दाङ,९ चैत । तुलसीपुर उपमहानगरपालिका-१८ बेलझुण्डीमा मोटरसाइकल दुर्घटनामा दुई जना घाइते भएका छन्। आज(शनिबार) साँझ करिब ७ बजेतिर मजगैँबाट तुलसीपुरतर्फ आउँदै गरेको रा ६ प ८६१६ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिँदा दुर्घटना भएको हो।
मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीकाे ठेगाना स्पष्ट हुन सकेकाे छैन् । घाइतेकाे पुर्ण विवरण खुल्न नसक्दा आफन्त पहिचान हुन सकेकाे छैन्न ।साेही कारण उपचारमा समस्या भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीले जानकारी दिनुभयो। दुर्घटनामा घाइते घोराही-९ का अन्दाजी ५० वर्षिय पैदल यात्री हुर्मत कार्की भनेर एकपटक भनेपनि अहिलेसम्म उहाँका कोही आफन्त सम्पर्कमा नआएकाले घाइतेले दिएकाे विवरणमै समस्या भएकाे हुनसक्ने प्रहरी निरीक्षक खत्रीले बताउनुभयो।
घाइते कार्कीले भनेकाे ठेगाना अनुसार कोही आफन्त अहिलेसम्म सम्पर्कमा नआएकाले उपचारमा समस्या भएको खत्रीले बताउनुभयाे । उहाँको टाउकोमा चोट लागेको छ । घाइते कार्कीलाई तुलसीपुर स्थित राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बाँके स्थित नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको छ ।उहाँकाे अवस्था मध्यम रहेको छ।
घटनामा मोटरसाइकल चालक तुलसीपुर-१८ का ५८ वर्षीय लोक बहादुर बहकरी पनि सामान्य घाइते हुनुभएको छ। उहाँको निधार, मुख र बाँया खुट्टामा चोट लागेको छ।
घाइते चालक बहकरीकाे भने राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न मोटरसाइकललाई अस्थायी प्रहरी पोष्ट बेल्झुण्डीको नियन्त्रणमा लिएकाे प्रहरीले जनाएको छ।

