२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुर आउँदै गरेकाे अटो दुर्घटना, तीनजना घाइते



दाङ,१८ बैशाख ।दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित सात तले नजिकै आज साँझ भएको अटो दुर्घटनामा तीनजना घाइते भएका छन्।बिहिवार साँझ करिब साढे पाँच  बजेतिर राप्ती लाेकमार्ग अन्तरगत तुलसीपुर-३ साततलेबाट तुलसीपुरतर्फ आउँदै गरेकाे लु.प्र.०२–००१ ह ८८८ नम्बरको अटो अनियन्त्रित भई पल्टिँदा तीनजना यात्रु घाइते भएकाे इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिनुभयो।

घाइतेमध्ये तुलसीपुर उपमहानगरपालिका-५ का १९ वर्षीय सुवास परियारको मुख, टाउको र छातीमा चोट लागेको छ भने उहाँकाृ अवस्था मध्यम रहेको बताइएको छ। त्यस्तै २५ वर्षीय डिल्ली बिष्टको बाँया हातमा सामान्य चोट लागेको छ। अर्का घाइते बबई गाउँपालिका-२ का १९ वर्षीय भिमसेन परियारको टाउको र छातीमा चोट लागेको छ र उनको अवस्था पनि मध्यम छ।

घाइते सबैलाई राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भर्ना गरि उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाग्रस्त अटोको चालक दंगिशरण गाउँपालिका-२ का २३ वर्षीय पुर्ण के.सी. इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार