२०८३ बैशाख १५ गते मङ्गलवार

तुलसीपुर नयाँ बसपार्कमा मोटरसाइकलको ठक्करबाट ८ वर्षीय बालक घाइते



फाईल तस्बिर

दाङ,१८ वैशाख । दाङको तुलसीपुर उपमहानगरपालिका-५ नयाँ  बसपार्क नजिकै मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्।

आज दिउँसो करिब साढे दुई बजेतिर पिपलबोटबाट सुकौरा तर्फ जाँदै गरेको लु.प्र.०२-००१ प ३५९५ नम्बरको मोटरसाइकलले सडक किनारमा हिँडिरहेका ८ वर्षीय साहित परियारलाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सुर्य राणाले जानकारी दिनुभयो।

रुकुम (पश्चिम) बाफीकोट गाउँपालिका-२ घर भई हाल तुलसीपुर-५ न्यूरोडस्थित फुपुको घरमा साहित बस्दै आएका थिए। ठक्करबाट उनको दायाँ खुट्टामा चोट लागेको छ।  राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि उनलाई राप्ती लाईफ केयर अस्पताल, मोतिपुर रिफर गरिएको छ।  घाइतेको अवस्था मध्यम रहेको प्रहरीले बताएको छ।

दुर्घटना गराउने मोटरसाइकल र चालक इलाका प्रहरी कार्यालय तुलसीपुरको नियन्त्रणमा रहेका छन्। चालक तुलसीपुर उपमहानगरपालिका-६ निवासी २० वर्षीय एलिस के.सी. रहेको प्रहरीले जनाएको छ।घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ।

 

प्रकाशित मिति : २०८२ बैशाख १८ गते बिहिवार