२०८३ बैशाख १८ गते शुक्रवार

राेल्पामा चट्याङ लाग्दा तीन जना घाइते



रोल्पा,२० बैशाख । राेल्पामा चट्याङ लागेर तीनजना घाइते भएका छन्। लुङ्ग्री गाउँपालिका-४, सानो नाम्जा क्षेत्रमा चट्याङ लाग्दा तीन जना घाइते भएका छन्।

शुनिबार दिउँसो करिब साढे तीन बजे पन्नालाल घर्ती क्षेत्रीको घरमा चट्याङ पर्दा विद्युतको मिटर बक्स जलेको छ। त्यस्तै, सो घरदेखि करिब तीन सय मिटर पूर्वतर्फ रहेको गञ्ज बहादुर खत्रीको घरमा पनि चट्याङ खसेको प्रहरीले जनाएको छ।

चट्याङ लाग्दा दुबै घरमा रहेका तीन जना स्थानीय घाइते भएका हुन्। घाइते हुनेमा १८ वर्षीया सुनिता घर्ती क्षेत्री, २४ वर्षीया मनिषा घर्ती क्षेत्री र ३३ वर्षीया कनु खत्री रहेका छन्। उनीहरूका शरीरका विभिन्न भागमा चोट लागेको र अवस्था सबैको मध्यम रहेको बताइएको छ।

तीनै जनालाई सुलीचौरस्थित प्रादेशिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

प्रकाशित मिति : २०८२ बैशाख २० गते शनिवार